झापा, बैशाख २१ । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०४पुगेको छ ।

यसैबीच संक्रमितको संख्या ३४ लाख ८० हजार ३६७ जना पुगेको छ ।वल्डमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये ११ लाख ८ हजार ६५ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै १३ लाख ५२ हजार ६६९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् भने २१ लख २७ हजार ६९८ वटा कोरोनाका केसहरु सक्रिय छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६७ हजार ४०४ ले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ११ लाख ६० हजार ५६ पुगेको छ । यसैबीच १ लाख ६० हजार ७०५ जनाले कोरोनालाई जितिसकेका छन् ।त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ९ हजार ३२८ पुगेको छ, भने निको हुनेहरुको संख्या ७९ हजार ९१४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्