बिर्तामोड, बैशाख २१ । कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउनको अबधिमा बिर्तामोड क्षेत्रका बैंकहरुले अब बिहान १० बजेदेखि १२ बजेसम्म सेवा दिने भएका छन् ।

बिर्तामोड क्षेत्रभित्र संचालनमा रहेका बैंकहरुको आज नगरपालिका कार्यालयमा भएको छलफलमा सो निर्णय भएको हो । यसअघिको लकडाउनमा बिर्तामोड क्षेत्रका बैंकहरुले बिहान ११ देखि दिउँसो १ बजेसम्म सेवा दिने गरेका थिए ।

बिर्तामोड क्षेत्रमा अति आबश्यकीय खाद्यान्न पसलहरु बिहान ८ देखि ११ बजेसम्म खुल्ने गरेका छन् । बैंकहरुलाई पनि बिहान ९ बजेदेखि ११ बजेसम्म सेवा संचालन गर्न भनिएकोमा आफूहरुको केन्द्रीय कार्यालय बिहान ९ बजे नखुल्ने र त्यसबाट काम गर्न अप्ठ्यारो पर्ने भएकाले बिहान १० बजेदेखिको समय उनीहरुले मागेको नगरपालिकाका नायव सुब्बा मेघराज बास्तोलाले बताए । बिर्तामोड क्षेत्रमा ठूला कमर्सियल र विकास बंैक गरी ३८ वटा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्