दमक,बैशाख २१ । झापाको दमक— ५ स्थित दिपीनी आधारभूत विद्यालयले आज रेडियोवाट बार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

एफएममा परीक्षाफल सार्वजनिक गरिदैँ

कोरोना भाइरस ( कोभिड— १९ )को संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण समयमा नै परिक्षाफल प्रकाशन गर्न नसकिरहेका बेला दिपीनीले स्थानीय सप्तरङ्गी एफएमको सहकार्यबाट परीक्षाफल सार्वजनिक गरिएको प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिए ।
कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको परीक्षाफल रेडियोबाट प्रत्यक्ष रुपमा प्रशारण गरिएको उनले वताए ।
बन्दाबन्दीका समयमा पनि बिद्यार्थी र बिद्यालयबीच सम्बन्ध जोड्न तथा बार्षिक परीक्षाफल प्रकाशन गर्न समस्या भईरहेको वेला रेडियोको माध्यमवाट परीक्षाफल सार्वजनिक गरिएको उनले बताएका छन् ।

उनले रेडियो सबैको पहुँचमा हुने र सर्बसुलभ माध्यम भएकाले पनि यसको माध्यमबाट नतिजा प्रशारण गर्नुका साथै परीक्षाफलपछि बिद्यालय कक्षालाई पनि रेडियोबाटै सञ्चालन गर्ने बिषयमा समेत अध्ययन भईरहेको बताए ।
परीक्षाफल प्रशारण कार्यक्रम रेडियोको फ्रिक्वेन्सी साथै फेसबुक पेज र अनलाईनबाट समेत एकैसाथ सुन्न सकिने व्यवस्था गरिएको थियो ।
जिल्लामा रेडियोवाट विद्यालयले आफ्नो बार्षिक परीक्षाफल प्रशारण गरेको यो पहिलो भएको एफएमका अध्यक्ष मेहरमान लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्