दमक, बैशाख २१ । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले दमक नगरपालिकाले वनाएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा आज ७५० केजी खाद्यान्न सहयोग दिएको छ ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा

कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवार अत्यन्त मर्कामा परेको र उनीहरुलाई खाद्यान्न राहत पुर्याउन सो सहयोग गरिएको अध्यक्ष जितमान राईले वताए । सहकारीले सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत चामल सहयोग गरिएको उनले जानकारी दिए ।

सहकारीका अध्यक्षसहित उपाध्यक्ष धनराज राई,सचिव एलडी सोताङ, व्यवस्थापक कृष्ण गोलेलगायत सञ्चालक समिति,कर्मचारीको प्रतिनिधित्वमूलक एक टोलीले आज नगरपालिकामा पुगेर नगर उपप्रमुख गीता अधिकारी,दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतमलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सहकारीले यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई हजार बढी जनचेतनामूलक हाते पर्चासमेत वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्