बिर्तामोड ।
आइतबार १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए । नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्