भद्रपुर, बैशाख २१ । नेपाल— भारत सीमामा खटिएका सुरक्षाकर्मीका लागि भद्रपुरका दुई व्यक्तिले एक सय कार्टुन पानी निःशुल्क दिएका छन् ।

पानी वितरण गरिदैँ

कोरोना संक्रमण नियन्त्रणका लागि दशगजा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि शुद्ध पिउने पानीका लागि भद्रपुर— ८ का भरत गुरूङ र भद्रपुर— ९ का गोपाल श्रेष्ठले संयुक्तरूपमा एक सय कार्टुन पानी निःशुल्क दिएका हुन् ।
कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल—भारत सीमामा हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिन्नाभिन्नै सुरक्षा पोष्ट राखेर सीमा सिलको जिम्मेवारी दिइएको छ । नेपाल— भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलोमिटर रहेको छ । जसमा सशस्त्र प्रहरीले १२८ र नेपाल प्रहरीले ३१ वटा अस्थायी पोष्टमार्फत सीमा सिलको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

हावापानी खपेर खटिरहेका सुरक्षाकर्मीले शुद्ध पिउने पानी समेत नभेटेको खवर पाएपछि भद्रपुर क्षेत्रका पोष्टमा कार्यरत प्रहरीलाई लक्षित गरेर पिउने पानी दिइएको दाताहरूले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्