शिखर बचत तथा ऋण सहकारी संस्था विर्तामोड ५ ले आफ्ना ३६ जना कर्मचारीको कोरोना इन्सुरेन्स गरेको छ ।

संस्थाले यो महामारीमा चैत्र २६ गते देखि हप्ताको दुई दिनकार्यलय खोलेर सामाजिक दुरी कायम गर्दै सदस्यहरुलाई अत्यावश्यक अवस्थामा खातामा रहेको रकम रु २५ हजार देखि बढिमा पांचलाख सम्म दिदै आएको छ । आईतवार र बुधबार संस्थाले दुइ सेवाकेन्द्र सहित मुख्य कार्यलय खुल्ला गरि सेवा प्रदान गर्ने जनाएको छ । सदस्यहरुलाई फोन गरेको अवस्थामा घर घरमै गएर पनि लकडाउन सुरु भए पछि निरन्तर सेवा दिदै आएको छ । यो महामारीमा संस्थाले आफ्ना सदस्यहरुलाई कुनै समस्या नपरोस् भनेर निरन्तर सदस्यहरु संग सम्पर्कमा रहन पनि कर्मचारीलाई आव्हान गरेको छ ।

कर्मचारीहरु यस्तो अवस्थामा पनि सदस्यहरुको सेवामा हरदम तयार रहेर सुरक्षित तवरले सेवा दिन कुनै अफ्ट्यारो नमानी , सेवामा निरन्तर लागेको हुनाले संस्थाले कर्मचारीको जोखिम न्यूनीकरणका लागि यो इन्सुरेन्स गरिएको राउतले बताएका छन् । सेवा र सहयोग नै संस्थाको मुख्यध्येय रहेको र त्यो पुरा गर्नु हाम्रो जिम्मेवारी रहेको अध्यक्ष राउत बताउंछन् । नेपाल सरकारले कोरोनाको महामारी फैलिए संगै बढिमा रु १ लाख सम्म कोरोना इन्सुरेन्स गर्न पाईने नियम संगै संस्थाले जोखिम न्युनीकरण गर्नका लागि कर्मचारीको इन्सुरेन्स गरिएको अध्यक्ष दिपेन्द्र राउत बताउनु हुन्छ । लकडाउनको अवधीमा सदस्यहरुलाई मोवाइल बैकिङ्ग एक्टिभ गदै सेवामा विभिन्न सेवा थप गरि डिजिटल कारोवार गर्न सदस्यहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

साथै सदस्यहरुलाई कोरोना भाईरसबाट सचेत रहन र सुरक्षित रहन विभिन्न सामाजिक संजाल मार्फत बिभिन्न गतिविधी गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्