होली वेल इङ्लिस सेकेन्डरी स्कूल धुलावारीले अनलाईन शिक्षाको थालनी गरेको छ । कोरोना महामारी फैलिए संगै स्कूलले विद्यार्थीको शिक्षालाई अघि बढाउन अनलाईन शिक्षाको थालनी सुरु गरेको हो ।

अनलाईन कक्षामा विद्यार्थीहरु

कोरोना महामारीले कहिले सम्म लकडाउन हुने हो त्यसको कुनै अनुमान छैन । विद्यार्थीहरु कहिले देखि स्कूल आएर औपचारीक शिक्षा लिने हुन त्यसको कुनै लेखा जोखा छैन । लकडाउनको कारण विद्यार्थीहरु घरमानै बस्नु पर्ने भए पछि यो स्कूल र अभिभावकको ठूलो चिन्ताको विषय बनेको थियो । “ त्यसैले यो समस्याको समाधानका निम्ती हामीले अनलाईन शिक्षाको थालनी गरको हो ” स्कूलका प्रिन्सिपल अणु प्रधान भन्छन् । बैशाख पहिलो हप्ताबाट सुरु गरेको अनलाईन शिक्षा आजको दिन सम्म आई पुग्दा मन्टेश्वरी देखि कक्षा १० सम्म सुचारु भई सकेको छ । पहिला पहिला सबै विद्यार्थीको घरमा इन्टरनेटको सेवा नभएको कारण सबै विद्यार्थीलाई अनलाईन कक्षामा सहभागी गराउन पाएका थिएनौं तर आजको दिन सम्ममा भने घेरै जना विद्यार्थीहरु यो अनलाईन कक्षामा जोडी सक्नु भएको छ । अझै पनि जोडीन बाँकी रहनु हुने अभिभावकलाई आफ्ना नानिहरुलाई अनलाईन कक्षामा सामेल गराउन प्रिन्सिपल प्रधानको अनुरोध पनि छ ।

विद्यालय भवन

बिहान ८ बजे देखि दिउसो २ बजे सम्म संचालन गरीने अनलाईन कक्षाले विद्यार्थीलाई पढ्ने बातावरण भने सृजना गरेको छ । बिद्यार्थीहरु घरमा बसीरहदा टेलिभिजन र मोवाइलमा मात्र व्यस्त हुन्छन् । यसरी विद्यार्थीहरु टेलिभिजन र मोवाइलमा मात्र समय विताउन थाले पछि तिनीहरुमा समस्या आई मनोचिकित्सक डाक्टरको मा उपचारको लागि लानु परेको अभिभावकहरुको गुनासो छ । विद्यार्थीहरुमा यस्ता समस्या आईपर्ने र आउने शैक्षिक सत्रका लागि यदि अनलाईन शिक्षा गराउन सुरु नगर्ने हो भने विद्यार्थीको आगामी बर्ष त्यतीकै खेर जान सक्ने प्रिन्सिपल प्रधान बताउछन् ।
त्यसैले यो अनलाईन कक्षामा जोडीन बाँकी विद्यार्थीहरु पनि यथासक्दो चाँडो यो कार्यक्रममा जोडीने र सबै स्कूलहरुले यस्तो प्रकारको अनलाईन शिक्षा सुचारु गर्नेहो भने विद्यार्थीको पढाईमा भने कुनै असर नपर्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्