झापां, बैशाख २२ । चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार १०३ पुगेको छ ।

यसैबीच संक्रमितको संख्या ३५ लाख ६२ हजार ५२५ जना पुगेको छ । वल्डमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये ११ लाख ५३ हजार १७१ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै १४ लाख १ हजार १७४ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् भने २१ लाख ६१ हजार ३५१ वटा कोरोनाका केसहरु सक्रिय छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६८ हजार ५७० ले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ११ लाख ८७ हजार ३८७ पुगेको छ । यसैबीच १ लाख ७८ हजार २६३जनाले कोरोनालाई जितिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्