झापा, वैशाख २३ । झापाको मध्य दक्षिणी सीमावर्ती झापा गाउँपालिका—४ को जंगे पिलर १३१ नम्वर आसपासमा भारतीय समूहले अन्धाधुन्ध गोली चलाएको छ ।

सांसद हिरा थापा

सो नेपाली सुरक्षा प्रहरी पोस्ट रहेको क्षेत्र हो । सोमबार साँझ अज्ञात भारतीय समूहबाट हुलहुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको थियो ।
झापा गाउँपालिका–४ का स्थानीयबासीका अनुसार सो घटनाअघि भारतीय नागरिक पाहुना खान भनी जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले उठबस गराएर भारततर्फ नै फिर्ता पठाइएका थिए । उनै व्यक्तिले ल्याएको समूहले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको हुन सक्ने स्थानीयको भनाइ छ । सुरक्षाकर्मीमाथि नै आक्रमण प्रयास भएपछि नेपाल र भारत दुवैतर्फ थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सो क्षेत्रका प्रदेश सांसद हिरा थापाले आफ्नो गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विश्व महामारीको यस परिस्थितिमा सीमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यो किसिमको गतिबिधि निन्दनीय र खेदजनक छ’, सांसद थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधि छिमेकीमैत्री, दुईदेशीय हित र पारस्परिक लाभको आधारमा पूर्ण नियन्त्रण गर्नको लागि जोडदार रुपमा अपिल गर्दछु ।’
सांसद हिरा थापाको फेसबुक स्टाटस

झापा गाउँ पालिका वडा न. ४ को जङे पिलर न.१३१ आसपासको सुरक्षा प्रहरि पोस्टमा सिमा पारिबाट आएका अज्ञात भारतिय समुहबाट हुल हुज्जतभएको छ र गोलि समेत चलेको हुदा यो घटनाबाट यस क्षेत्रको जनप्रतिनिधी समेत भएको नाताले मेरो गम्भीर रुपमा ध्यान आकर्षण भएको छ ।।विश्व महामारिको यस परिस्थितिमा सिमा क्षेत्रमा भारतिय नागरिकबाट गरिएको यो किसिमको गतिबिधी निन्दनिय र खेदजनक छ। भारततिय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधी छिमेकिमैत्री , दुई देशिय हित र पारस्पारिक लाभको आधारमा पुर्ण नियन्त्रण गर्नको लागि जोड्दार रुपमा अपिल गर्दछु ।
झापा गाउ पालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित ब्यबस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन , सुरक्षानिकाय र नेपाल सरकारको समेत ध्यान आकर्षण गर्दछु । कोरना संकटको यो माहामारिमा कोरना बिरुद्धको महा अभियानमा संपुर्ण जनप्रतिनिधि, रजनितिक कार्यकर्ता, समाजसेवी सबैलाइ सिमाक्षेत्रमाआवत जावत हुने गतिबिधिमा सचेत रहन र पुर्ण नियन्त्रण गर्न , सुरक्षाकर्मिलाइ साथसहयोग गर्न , यो बखतमा सयमता अपनाउन समेत संपुर्ण झापा गाउवासी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा सुरक्षा क्षेत्रमा खटिनु भएका सुरक्षा कर्मी मित्रहरु ! कोरोना माहामारी बिरुद्धको अभियानमा तपाइहरुले पुर्याउनु भएको योगदानको उच्छ मुल्याकन सहित मुत्त कन्ठले प्रसंसा गर्दछु ।
हिरा कुमार थापा
सदस्य १ न. प्रदेस सभा
झापा ४/२
                           

सांसद थापाले झापा गाउँपालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित ब्यबस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारको समेत ध्यान आकर्षण गराउँदै अगाडि लेखेका छन् ‘कोरोना संकटको यो महामारीमा कोरोनाबिरुद्धको अभियानमा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता, समाजसेवी सबैलाई सीमाक्षेत्रमा आवतजावत हुने गतिबिधिमा सचेत रहन र पूर्ण नियन्त्रण गर्न, सुरक्षाकर्मीलाई साथसहयोग गर्न, यो बखतमा संयमता अपनाउन समेत सम्पूर्ण झापा गाउँवासीमा अपिल गर्दछु ।’
प्रदेश सांसद थापाका अनुसार सीमा पारिबाट आएको अज्ञात भारतीय समूहबाट हुलहुज्जत भएको र गोली समेत चलेको हो ।सांसदले भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधि तत्काल रोक्न भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्