इलाम,बैशाख २३ । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी समेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो ।संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ बर्षिय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ बर्षिय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकी बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ । पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाम पुर्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्