कमल, बैशाख २३ । कमल गाउँपालिका— ५ मंगलवारेका हुकुमसिंह राईले लकडाउनका कारण खान समस्या परेका सयबढी अतिविपन्न परिवारलाई १ लाख ५० हजार मूल्य बराबरको खाद्यान्न राहत दिएका छन् ।

राहत लिदै विपन्न परिवार

गाउँपालिकाले दिएको राहत वितरणमा छुटेका परिवारलाई राहत पुर्याउन राईले अभियानमार्फत गाउँपालिकाभरिका १ सय ३० परिवारलाई चामल,दाल,तेल,सोयाविन,नुन,सावुनलगायतका खाद्यान्न सामग्री दिएका हुन् । प्रतिपरिवार २५ केजी चामल,आधा लिटर तेल, एक केजी दाल,एक केजी नुन, आधा केजी सोयाविन र एउटा सावुन दिएको राहत वितरणमा सहयोगी कमल— ५ का रुपनारायण निरौलाले बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनले दैनिक ज्यालादारी तथा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका विपन्न समुदायको चुल्हो बाल्न समस्या भएका परिवारलाई पहिचान गरी घरघर पुगेर राहत वितरण गर्दै आएको उनले बताए । लकडाउनले कमल गाउँपालिकाबासी कसैको चुल्हो बाल्न समस्या हुन नदिन आफूले त्यसरी राहत दिएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भई गोलाप्रथाबाट पराजय भोगेका युवा व्यक्तित्व राईले विपद्का समयमा हुनेले नहुनेलाई सहयोग गर्ने नेपालीको संस्कार भएकाले त्यसरी आफूले स्वेच्छिक राहत दिएको बताए । सामाजिक कार्यमा सक्रिय राईले कमलका कसैलाई पनि भोकै मर्न नदिन आफूले सहयोग निरन्तर जारी राख्ने समेत प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्