बिर्तामोड ,बैशाख २३ । उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको ऋणको व्याज छुट गर्न माग गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय

उनीहरुले नाफा र नोक्सानरहीत ढंगले विज्ञहरु राखेर उचित व्यवस्थापन गरी व्याज छुट गर्न माग गरेका हुन् । साथै बैंकले लिने सेवा शुल्क, नवीकरण शुल्क छुटका साथै स्प्रेड दर दुई प्रतिशत कायम गर्न माग गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा संवाद समूह झापाको संयोजनमा आज बिर्तामोडमा भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय प्रतिनिधि, महासंघका १ नं. प्रदेश समिति प्रतिनिधि, झापाका सम्पूर्ण उद्योग वाणिज्य संघका प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

साथै उद्योगी व्यवसायीको क्षतिको अवस्था मूल्यांकन गरी विशेष राहत प्याकेज घोषणा गर्न उनीहरुले सरकारसँग माग गर्ने निर्णय गरेका छन् ।त्यस्तै उद्योग व्यवसाय सञ्चालन भएका घर भवनका सन्दर्भमा लकडाउन अवधिको घरभाडा पूर्ण छुटका लागि सरकारको ध्यानाकर्षण गराउने भएका छन् । साथै घरधनीलाई घरवहालमा विशेष छुट दिन आग्रह गर्दै उद्योगी व्यवसायीलाई लकडाउन अवधिको विद्युत् अतिरिक्त शुल्क र डिमाण्ड शुल्क छुट दिन माग गर्ने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्