भद्रपुर, बैशाख २३ । १ नं. प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीले सीमा सुरक्षाका लागि डटेर लाग्न झापाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मातहतका अधिकारीलाई निर्देशन दिदै कार्की

कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि नेपाल भारत सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय पक्षबाट आक्रमण प्रयास भएको भोलिपल्ट मातहतका कार्यालयको अनुगमन गर्न आएका प्रहरी नायव महानिरीक्षक कार्कीले त्यस्तो निर्देशन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा मातहतका प्रहरी इकाई प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले कोरोना भाइरस नियन्त्रण सम्बन्धमा आबश्यक निर्देशन दिएका छन् ।

वर्तमान शान्त्ति सुरक्षाको अवस्था, कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरणको लागि भएका गतिबिधि, कार्यालयको प्रशासनिक काम कारवाही लगायतका सम्बन्धमा प्रहरी नायव महानिरीक्षक कार्कीलाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्