बिर्तामोड, वैशाख २४ । युवा सामाजिक अभियन्ता ज्वाला सग्रौंलाले बिर्तामोडका ६० परिवारलाई एक हजार दुई सय केजी चामल उपलब्ध गराएकी छन् ।

चामल वितरण गर्दै वडाध्यक्ष गुरुङ

बिर्तामोड १० घर भई जापानमा अध्ययन गरिरहेकी उनले बिर्तामोड नगरपालिका — ३ र १० का ६० परिवारलाई प्रतिपरिवार २० केजी चामल उपलब्ध गराएकी हुन् । राहत पाउने सबै विराटपोखर क्षेत्रका भएको विराट सरोबर टोल विकास संस्थाका अध्यक्ष ठाकुर उप्रेती ( सन्तोष ) ले बताए ।

राहत लिएर घर जाँदै विपन्न

चामल बिर्तामोड — ३ का वडाध्यक्ष भोजराज सिटौला, १० का वडाध्यक्ष दुर्योधन गुरुङको उपस्थितिमा वितरण गरिएको स्थानीय शान्तिराम संग्रौलाले बताए । विराट समावेशी ज्योतिर्लिङ्ग कीर्तन मन्डलीका अध्यक्ष मनप्रसाद उप्रेतीले ती दुई वडाका पीडित परिवार पहिचान गरी चामल वितरण गरिएको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्