झापा, बैशाख २४ । विराटनगरमा उपचाररत कोरोना भाइरस रोगबाट संक्रमित ६ जना डिस्चार्ज भएका छन् ।

विदाइ गर्दै मन्त्री घिमिरे फोटो अनलाइन खबर

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । निको भएका ६ जना भारतीय नागरिकलाई अस्पताल परिसरमा प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिदाई गरे । विराटनगरमा हाल २५ जना संक्रमित उपचाररत छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये बैशाख ५ र ६ गते १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

निको भएकालाई पुनः संक्रमण देखिरहेकाले उनीहरुलाई विराटनगर १४ को रानी मर्कजान राखिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रले जानकारी दिइन् । हालसम्म नेपालमा ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमा २२ जना निको भएर घर फर्किएका छन् । घर फर्किएकामध्ये तीन जनामा पुनःकोरोना संक्रमण देखिएपछि फेरि अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्