भद्रपुर, बैशाख २४ । भद्रपुर ८ स्थित चेतनशील टोल विकास संस्था तथा भद्र शिवा टोल विकास संस्थाले अतिविपन्न वर्गका एक सय घरपरिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेका छन् ।

राहत वितरण गर्दै

बन्दाबन्दीका कारण रोजगारी गुमाएर आर्थिक अभावले खाद्यान्न खरिद गर्न नसक्ने अतिविपन्न परिवार पहिचान गरी ती टोल विकास संस्थाले प्रतिपरिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन राहतस्वरूप वितरण गरेका हुन् । प्रतिपरिवार ७ सय १५ रूपैयाँ बरावरको खाद्यान्न जम्मा ७१ हजार ५ सयको वितरण गरिएको चेतनशील टोल विकास संस्थाका सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत वडा कार्यालयलाई अनुदानस्वरूप एक लाख १५ हजारको खाद्यान्न राहतस्वरूप दिएपछि सोही खाद्यान्न टोल विकासले अतिविपन्न पहिचान गरी वितरण गरेका हुन् ।

राहत वितरणको तयारी

चेतनशील टोल विकास संस्थाका अध्यक्ष कर्ण थापाको नेतृत्व तथा वडाध्यक्ष गौरव सुब्बा मनोजको रोहवरमा वितरण गरिएको थियो । कार्यक्रममा पूर्व वडाध्यक्ष जगदिश जोशी, वडा सदस्यहरू भगवती बस्नेत, इन्द्रसिंह राजवंशी, निमलाल राजवंशी, चेतनशील टोल विकास संस्थाका सल्लाहकार धनप्रसाद शिवाकोटी, भद्र शिवा टोल विकास संस्थाकी अध्यक्ष समिता राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्