झापा, बैशाख २५ । आज २५६४ औं बुद्धजयन्ती । यही तिथिमा भगवान बुद्ध र कुर्म अवतार भएको थियो । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी यो दिवस मनाउने गरिन्छ ।

यो पूर्णिमामा पवित्र नदीमा स्नान गर्ने, मन्त्र जप गर्ने र धन तथा अन्न दान गर्ने विधि पनि छ । यसपालि देशव्यापी लकडाउनका कारण नदीमा स्नान गर्न जान सम्भव हुँदैन । त्यसैले पवित्र नदीको स्मरण गर्दै घरमै स्नान गर्नु उपयुक्त हुन्छ । यसपटकको पूर्णिमामा २०५ वर्षपछि मंगल, शनि, राह—केतुको दुर्लभ योग पनि बनेको छ । शनि मकर राशिमा, राहु मिथुन राशिमा, केतु धनु राशिमा, मंगल कुम्भ राशिमा रहेको बेला २०५ वर्षअघि सन् १८१५ को बुद्ध पूर्णिमा मनाइएको थियो । यस्तै योग यसपटकको बुद्ध पूर्णिमामा पनि बनेको छ ।
बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । उनले शुभकामना सन्देश जारी गर्दै कोरोना महामारी बिरुद्ध जुध्न र मानवताको पक्षमा एकता प्रदर्शन गर्न यस दिनले प्रेरित गर्ने छ भन्दै विश्वव्यापी साझा प्रयास र एकताको वलमा यस महामारीलाई परास्त गर्न सकिनेमा बिश्वास ब्यक्त गरेका छन् । उनले आज साँझ ७ बजे आ—आफ्ना घरमा दीप प्रज्वलन गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्