झापा,बैशाख २५ । नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन् ।

जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
गत २४ घन्टामा १ हजार ४५१ नयाँ नमूना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। यस्तै सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा, ६ हजार ५५९ प्रदेश २ मा ५ हजार ३४८ ,बागमती प्रदेशमा ९ हजार ०४४ ,गण्डकीमा ६हजार३४९, प्रदेश ५ मा ५ हजार ७१३ प्रदेश कर्णालीमा ६हजार ६०८ र सुदूरपश्चिम प्रदेशमा १४हजार ४७२ गरी जम्मा ५४ हजार ९३ वटा परीक्षण भएका छन् ।
त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३७२ पुगेको छ । जसमध्ये प्रदेश १ मा, १ हजार ९१५ प्रदेश २ मा १ हजार २९० ,बागमती प्रदेशमा २६१ ,गण्डकीमा ५२८ , प्रदेश ५ मा ६हजार ८१२ प्रदेश कर्णालीमा ३हजार ८९ र सुदूरपश्चिम प्रदेशमा ३हजार ४७७ कुल १७ हजार ३७२ परीक्षण भएका छन् ।

रेड जोनमा ३३५ जना पुगेका छन् । यस्तै आइसोलेसनमा १३३ जना छन् । जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १३० जना छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये २२ जना निको भएका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । उनका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्