भद्रपुर, २५ बैशाख । लायन्स क्लब अफ भद्रपुरले अतिविपन्न परिवारका लागि खाद्यान्न वितरण गर्न नगरपालिकालाई सहयोग गरेको छ ।

राहत हस्तान्तरण गर्दै

क्लबले ५० बोरा चामल, ५० मन दाल, ५० लिटर तेल, ५० वटा साबुन र ३०० प्याकेट पपकन हस्तान्तरण गरेको हो ।
क्लबले पचास परिवारलाई करिब १० दिन खान पुग्नेगरी प्रतिपरिवार चामल २० किलो, तेल १ लिटर, दाल १ किलो र पपकन ५ पिसका दरले पुग्नेगरी भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रेसिडेन्ट यमबहादुर श्रेष्ठको नेतृत्वमा चार्टर प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर ओमप्रकाश सरावगीको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पास्ट प्रेसिडेन्ट शिवकुमार गुप्ता र प्रदीपमणि रेग्मी, फस्ट भाईस प्रेसिडेन्ट योगेन्द्र पौडेल , सेकेन्ड भाईस प्रेसिडेन्ट प्रकाश उप्रेती , सेक्रेटरी शर्मिला अधिकारी, ट्रेजरर गोपाल खनाल, टेलटुइस्टर उत्तमकुमार राजवंशी, सदस्य अनिता राजवंशी, सदस्य पार्वती ओझा, सदस्य उर्मिला गौतम र सदस्य अनिता रिजालको पनि उपस्थिति रहेको थियो । खाद्य सामग्री नगरप्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्