दमक, बैशाख २५ । नेपाली कांग्रेस दमक नगर समितिअन्तर्गत ४ नं वडा समितिले ७८ घरपरिवारलाई राहत वितरण गरेको छ ।

राहत प्रदान गर्दै

लामो समयको लकडाउनका कारण अति विपन्न वर्गको चुल्होमा आगो बल्न छाडेपछि कांग्रेसका स्थानीय क्रियाशील सदस्यहरुको सहयोगमा ७८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार तथा नेपाल किसान संघका अध्यक्ष राजेन्द्र भट्टराई र नेपाली कांग्रेस ४ नं वडा समितिको सक्रियतामा अतिविपन्न परिवारलाई चामल, दाल, नून, तेललगायतका सामग्री राहतस्वरुप प्रदान गरिएको थियो । संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बासहित कांग्रेसका नेताहरुले विपन्न मजदुर तथा किसान परिवारलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्