वैशाख २७ ।। झापा भद्रपुर, ३ धिलालधुरा २१ बिपन्न घरपरिवारलाई आज राहत वितरण गरिएको छ । चुल्हो बल्न नै धौधौ भएका र खाली पेटङ बस्नु पर्ने बाध्यता रहेका परिवारलाई दोस्रो चरणको राहत वितरण गरिएको वडासदस्य होमचन्द्र लिम्बूले बताए । सो वडामा यसअघि नै राहत वितरण गरिसकिएको र त्यसबेला छुटेका परिवारलाई आज राहत दिएको वडासदस्य लिम्बूले जानकारी दिए । प्रतिपरिवार १५ किलो चामल, एक, एक किलो दाल र नुन वितरण गरिएको राहत वितरणमा खटिएका शम्शेर तामाङले बताए । करिब वडाका चारसय घर परिवारलाई राहतं वितरण्ज, गरिएको छ । नगरपालिका, वडा कार्यालय, स्थानीय दाता लगायतले उपलब्ध गराएको राहत वितरण गरिएको हो । गणेश ढुंगाना, रमा घिमिरे लगायतको टोलीले राहत हस्तान्तरण गरेको हो । यसअघि सरकालले निर्धारण गरेको मापदण्ड अनुरुप राहत वितरण गरिएको जनाइएको छ । जसअन्तरगत चार जनासम्मको परिवारलाई १० किलो चामल,चार जनाभन्दा बढीको परिवारलाई १५ केजी चामल , एक, एक किलो दाल, नुन र एक एक डल्ला साबुन वितरण गरिएको वडासदस्य लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्