बिर्तामोड ,बैशाख ३० । कोरोना महामारीका कारण लकडाउन लम्विएसँगै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेको अगुवाईमा सञ्चालन ‘एकका लागि एक’ अभियानले ३० घरपरिवारलाई राहत वितरण गरेकोे छ ।

सहाराको अगुवाइमा १६ वटा संघ÷संस्था आवद्ध रहेको अभियानले झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई राहत वितरण गरेको हो । अभियानले स्थानीयतहसँगको सहकार्यमा राहत वितरण गरेको हो ।
राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन वितरण गरिएको थियो ।

कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए । कनपा वडा नं. २ का अध्यक्ष पर्शुराम गिरी, नेपाल रेडक्रस सोसाइटी झापा मन्त्री चन्द्रप्रसाद चुडाल, रेडक्रसका घैलाडुब्बा सभापति केशवप्रसाद शर्मा, सहारा सहयोग समिति सदस्य दिव्यसरा उप्रेती, नारी चेतना कृषि सहकारीकी अध्यक्ष लत्ता श्रेष्ठ, सदस्य झुमा आचार्य वेडारी, वडा सदस्य राजेश लिम्बु, नरमान श्रेष्ठ, मुना शिवा, कार्यपालिका सदस्य चुवालाल राजवंशी, समाजसेवी खड्ग राजवंशी, दीपक चापागाई, घैलाडुब्बा युवा क्लवका अध्यक्ष गोविन्द उप्रेतीलगायतले राहतका लागि कुपन वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्