कमल,बैशाख ३१ । लायन्स क्लव अफ लखनपुरको वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ ।

मंगलवार सम्पन्न क्लवको साधारणसभाले हेमसागर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राजु खड्का,द्वितीय उपाध्यक्षमा बिमल नेपाल, तृतीय उपाध्यक्षमा रामचन्द्र मिश्र, सचिवमा दिपक खड्का र कोषाध्यक्षमा घनश्याम खनाल चुनिएको वर्ष २०१९ का अध्यक्ष ज्ञानु पौडेलले बताएका छन् ।

यसैगरी क्लवको सहसचिवमा रोशन दाहाल र सहकोषाध्यक्षमा युवराज पाठक चुनिएका छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय यस लखनपुर लायन्सले नयाँ नेतृत्वलाई छिट्टै कार्यभार हस्तान्तरण गर्ने अध्यक्ष पौडेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्