वेदराज रेग्मी

सर्वप्रथम जनताका प्यारा नेता मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धासुमन ! आज जेठ ३ गते । २७ वर्ष अघि २०५०साल जेठ ३ गते अर्थात् आजकै दिन तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रित भौतिक रुपमा संसारबाट अलप हुनुभयो ।

उहाँहरुलाई हामीहरुको माँझबाट खोसेर लगेको कालो दिन हो, जेठ ३ गते । वैचारिक धरोहर र संगठनात्मक स्तम्भहरू चुँडेर लगेको कालो दिन पनि हो, जेठ ३ गते । उहाँहरुको निधन नेपाल राष्ट्र र जनताका लागि अपुरणीय क्षति थियो। आज पनि नेपाली जनता, नेपाल राष्ट्र र कम्युनिष्ट आन्दोलनले त्यो अभावको मूल्य चुकाइ रहनु परेको छ । आज पनि नेपाल राष्ट्रमाथि नाङ्गो वैदेशिक हस्तक्षेप जारी छ ।राष्ट्रको स्वाधिनता र छिमेकीसँगको समान मित्रता हाम्रा नीतिका दुई अपरिहार्य तत्व हुन्। सत्ता स्वार्थसँग राष्ट्रिय स्वार्थ किमार्थ जोड्नु हुँदैन।
मार्क्सवादको आलोकमा सिर्जनात्मक ढंगले ग्रहण गर्दै नेपाली समाजको धरातलीय विशिष्टताको सही विश्लेषणको आधारमा नेपाली समाजवादी क्रान्तिको मौलिक सिद्धान्त विकास, अध्ययन,विश्लेषण,कार्यान्वयन र संयोजन कला क.मदन भण्डारी बाट मात्रै सिक्न सकिन्छ ।आज नेकपा जडसुत्रवाद र विसर्जनवादको ठूलो संकटको भुमरीमा त छैन ? सांगठानिक संरचना निर्माण सम्पन्न भइसकेका छैनन् । भएका संगठनमा कोरोनाको कहर छ । दुई वर्षमा महाधिवेशन गर्ने कुरा पनि उस्तै । विधान कार्यान्वयनमा ल्याउन सकिएको छैन।
केन्द्रीय निकाय गठनको प्रकृयामा अवरोध छ ।अर्थात पार्टी विसर्जनवादको पथमा लम्किरहेको त छैन, हाम्रो अवस्था पनि यस्तै त छैन ?गम्भीर प्रश्नहरू छन्। यस्तो हुन नदिन आजको दिन हामीले जननेता मदन भण्डारीबाट सिक्न सक्नु पर्छ,सिक्न सक्ने छौँ । यदि ०४६को संयुक्त जनआन्दोलन, श्रद्धेय नेता गणेशमान सिंहसँगको सहकार्य,संविधान निर्माण,मार्क्सवादी र नेकपा (माले)एकीकृत एमाले निर्माण, महाधिवेशन, एकीकृत एमाले नेतृत्व निर्माण सम्पन्न मात्र होइन, नेपाली क्रान्तिको मौलिक सिद्धान्त, विकास जबजको विकास र कार्यान्वयनमा ल्याउनु जस्तै अवस्थामा आज पनि कायम त छैन? त्यसैले विगतका अनुभवको आलोकमा सक्रियतापूर्वक अगाडी बढ्दै समाजवादी क्रान्तिको मौलिक सिद्धान्त विकास र कार्यान्वयनमा ल्याउनु फलामे अनुशासन र पार्टी संगठन निर्माण गर्दै परिचालन गर्नु नै मदन भण्डारी र जीवराज आश्रितप्रति साँचो श्रद्धाञ्जली हुने छ ।
( लेखक रेग्मी नेकपा नेता हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्