भद्रपुर, जेठ ३ । आज साँझ जंगली हात्तीको आक्रमणमा परी झापाको कचनकवल गाउँपालिकामा एकजना बृद्धको मृत्यु भएको छ ।

साँझ ५ बजेतिर हात्तीको आक्रमणमा परी कचनकवल गाउँपालिका— ७ का अन्दाजी ८० वर्षिय बिर्खबहादुर राईको घटनास्थलमै ज्यान गएको हो । उनलाई स्थानीय दिपज्योती सामुदायिक वनभित्र हात्तीले आक्रमण गरेको थियो । घटनापछि ईलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटीगई कानुनी प्रकृया पूरा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्