झापा, जेठ ४ नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान सवा ७ बजे अध्यावधिक गरेको विवरण अनुसार थप १० जनामा संक्रमणको पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा — ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरू र रौतहट इशनाथ न. पा. — ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्