बिर्तामोड , जेठ ४ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारणबाट नेपाल— भारत सीमामा रोकिएका नेपालीहरूलाई काँकरभिट्टा नाकाबाट भोलिदेखि उद्धार गरिने भएको छ ।

तयारी अबस्थाको क्वारेन्टाइन

उद्धार गरिने ब्यक्तिहरूका लागि काँकरभिट्टा, भद्रपुर, बिर्तामोड र दमकमा गरी १ हजार बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । त्योसँगै होल्डिङ्ग एरिया, खाद्यान्न र स्वास्थ्य परीक्षणको सम्पूर्ण ब्यबस्था गरिसकेको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जनाएका छन् । करिव १२ सय नेपालीहरु क्ेही दिनदेखि दशगजामा अलपत्र अबस्थामा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्