दमक, जेठ ५ । लायन्स क्लब अफ दमक माउन्ट मकालुले दमकमा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

लायन्स क्लवसहित दमक ६ स्थित दमक सर्जिकल सप्लायर्सले दमकमा क्रियाशील पत्रकारहरुलाई सेनिटाइजर,माक्स लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो ।
दमक ६ स्थित भृकुटी चौंकस्थित सप्लायर्समा आज एक कार्यक्रम गरी ती सामग्रीहरु हस्तान्तरण गरिएको क्लवका द्वितीय उपाध्यक्ष अनिल सुवेदीले बताएका छन् । कोरोना भाइरसको जोखिमको अवस्थामा समेत अहोरात्र खटिने पत्रकारहरुको सुरक्षाका लागि यी सामग्रीहरु सहयोगी हुने उनले बताए ।

त्यस अवसरमा लायन्स क्लव अफ दमक श्रीअन्तुका वर्ष २०२०–२०२१ का अध्यक्ष पारस पाण्डे ,लायन्स क्लव श्रीअन्तुकै विपी मिश्र,विष्णु पौडेल, लायन्स क्लव अफ दमक माउण्ट मकालुका तृतीय उपाध्यक्ष युवराज विवश ,पत्रकार महासंघ प्रदेश कार्यसमिति सदस्य विमल लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्