बिर्तामोड, जेठ ५ । करिव दुई महिना लामो लकडाउनका कारण भोकमरीमा पर्न लागेका ७ हजार ६८५ जनालाई बिर्तामोड— ३ का व्यवसायी रामेश्वर मण्डलले निशुल्क खाना खुवाएका छन् ।

बाँड्न तयारी खाना

सामुहिक भोजनको कार्यक्रम व्यवस्था गरी उनले २ हजार ९१५ परिवारलाई भोकै बस्नबाट जोगाएका हुन् । बिर्तामोड ३ सैनिकमोडको मेची आँखा अस्पताल अगाडि होटल व्यवसाय गर्ने मण्डलले गत बैशाख २१ गतेदेखि आज जेठ ५ गतेसम्म १६ दिन सामुहिक खाना खुवाउने कार्यक्रम संचालन गरेका थिए ।

खाना खानेहरुको सूची

उनले पहिलो दिन बैशाख २१ गते १८० , २२ गते ३६०, २३ गते ४१०, २४ गते ४६०, २५ गते ३९०, २६ गते ४२५, २७ गते ४६०, २८ गते ४५०, २९ गते ५१०, ३० गते ५२०, ३१ गते ४८०,जेठ १ गते ५००, २ गते ६१०, ३ गते ५८०, ४ गते ६०५ र अन्तिम दिन जेठ ५ गते ७४५ जनालाई खाना खुवाएको विवरणमा उल्लेख छ । बिर्तामोड ३ को पाँच स्थानमा निशुल्क खाना खुवाउने प्रबन्ध गरिएको छ । मण्डलले नै सबैभन्दा पहिला शुरुवात गरेका थिए ।

खाना वितरणमा खटिदै मण्डल

बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयसँग समन्वय गरी एक्लैले शुरुवात गरेका उनलाई पछि विभिन्न दाताहरुले सहयोग गरेका थिए । ‘प्रत्येक दिन ७ हजारभन्दा बढीको खर्च लाग्यो’ मण्डलले भने, ‘पहिला म एक्लैले ब्यहोर्ने गर्थेँ, पछि अरुहरुले पनि सहयोग गर्न थाले । ’ मण्डललाई विभिन्न ३५ जनाले नगद तथा खाद्यान्न सहयोग उपलब्ध गराएका थिए । मण्डलले ब्यबस्था गरेको ठाउँबाट आसपासका विपन्नसँगै अलपत्र परेका भारतीयहरुले पनि खाना खाएका छन् । आँखा अस्पतालमा उपचार गर्न आउने ३० भन्दा बढी भारतीय लकडाउनका कारण अलपत्र अबस्थामा रहेको होटल ब्यबसायीहरु बताउँछन् । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्