झापा, वैशाख ५ । झापामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको कचनकवल गाउँपालिका –६ बनियानीका २३ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । भारतको मुम्बईबाट दिल्ली हुँदै चार दिनअघि कचनकवल नाकाबाट आएर क्वारेन्टाईनमा रहेका व्यक्तिको बिराटनगरको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाईनमा रहेका ३३ जनाको स्वाब परिक्षण गरिएकोमा अहिले १० जनाको रिपोर्ट आएको र एकजनाको पोजेटिभ देखिएको उनले बताए ।

संक्रमित व्यक्तिलाई नाकाबाट सिधै क्वारेन्टाईनमा लगेर राखिएकोले परिवार र समाजमा भने उनको सम्पर्क नभएको उनले जानकारी दिए । उनलाई अहिले कोरोना अस्पताल बिराटनगर पठाईएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि झापाको दमक र बाह्रदशीमा एक÷एक जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्