दमक, जेठ ६ । झापा दमकका एक जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।

कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत दमक ३ का ६२ वर्षीय देउमान मंग्राती कोरोना जितेर घर फर्किएका हुन् ।
अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई सोमबार डिस्चार्ज गरिएको हो । पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

मंग्रातीलाई १२ वैशाखमा भर्ना गरिएको थियो । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये प्रदेश १ मा १८ जना कोरोना मुक्त भएका छन् । यसअघि झापा,बाह्रदशीका एक पुरुष समेत उपचारपछि घर फर्किएका थिए ।
अहिले यो प्रदेशमा २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्