बिर्तामोड, जेठ ६ । प्रदेश १ मा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापा कचनकवलका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार कचनकवलकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि आज नै सुनसरीको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

उता कपिलवस्तुमा आज नै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुगको छ । जसमा २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्