झापा,जेठ ७ । कोरोना भाइरस रोगबाट संक्रमित भएकी धनकुटाकी नर्सको सम्पर्कमा आएका स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना पुष्टि भएको छ । जसमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

नेपालमा हालसम्म एक डाक्टर सहित संक्रमित स्वास्थ्यकर्मीको संख्या ८ पुगेको छ भने कुल कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ । धनकुटाका पाँच संक्रमितमध्ये एक प्रहरी, एक नर्स, दुई हेल्थ असिस्टेन्ट र संक्रमित नर्सको श्रीमान रहेका छन् ।
यसअघि एक डाक्टर सहित ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको स्रोतले जानकारी दिएको छ । धनकुटामा २ दिन अघि एक नर्सलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्