इन्द्रसिंह राजवंशी,
बिर्तामोड, जेठ ७ । वडा कार्यालयको समन्वयमा बिर्तामोड ३ को पाँच ठाउँमा संचालित सामुहिक खाना खुवाउने कार्यक्रममा ३० हजार बढीले खाना खाएर भोक टारेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न करिव दुई महिनादेखि जारी लकडाउनले भोकमरीमा परेका विपन्नलाई लक्षित गरी बिर्तामोड ३ को पाँच स्थानमा निशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको थियो । बिर्तामोड— ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा संचालित कार्यक्रममा ७ हजार ६६४ घरधुरीका ३० हजार ४०२ जनाले खाना खाएका हुन् ।

सोमबार मेची आँखा अस्पताल अगाडि तथा मंगलबार बिर्ताबजार र नयाँ समावेशी टोलको कार्यक्रम सम्पन्न गरिएको थियो भने आज करेलाबारी र चौसठ्ठी काली मन्दिर टोलमा संचालित कार्यक्रम सकिएको छ । करेलाबारीमा सम्पन्न कार्यक्रममा ९८१ घरधुरीका ४ हजार ४९४ जनाले खाना खाएका छन् । गत बैशाख ३० गतेबाट संचालित कार्यक्रममा पहिलो दिन ७२ परिवारका ३३३, ३१ गते ९५ परिवारका ४३३, जेठ १ गते ९८ परिवारका ४५७, २ गते १०६ परिवारका ५०१, ३ गते १२६ परिवारका ५३०, ४ गते १२० परिवारका ५३९ ,५ गते ११३ परिवारका ५२८, ६ गते १२२ परिवारका ५६२ र ७ गते १२९ परिवारका ६११ जनाले खाना खाएको करेलाबारी टोल विकास संस्थाका सचिव अर्जुन राजवंशीले बताए ।उनले खाना खुवाउनका लागि सजेश शिवाकोटी, एकका लागि एक अभियान, विनोद बस्नेत, सन्तोष राजवंशी, प्रवीण अग्रवाल, दीपक मित्तल , हनुमान अग्रवाल , गोवेन धिमाल , डा. कुमोद लिम्बू, विनोद संग्रौलालगायत २० भन्दा बढी दाताले नगद तथा जिन्सी सहयोग गरेको जानकारी दिए ।

आजै चौसठ्ठी काली मन्दिरमा संचालित कार्यक्रम पनि सकिएको छ । गत बैशाख २६ गतेदेखि कार्यक्रम शुरु गरिएको थियो । पहिलो दिन बैशाख २६ गते ५१ प्रिवारका २२९, बैशाख २७ गते ६७ परिवारका २६७, २८ गते ९३ परिवारका ४०९ , २९ गते १०३ परिवारका ४३६ , ३० गते ११७ परिवारका ४८५, ३१ गते ११९ परिवारका ४८९, जेठ १ गते १२३ परिवारका ५२१, २ गते १२२ परिवारका ५३०, ३ गते १३५ परिवारका ५९२, ४ गते १२१ परिवारका ५३७, ५ गते १२५ परिवारका ५७१, ६ गते १२२ परिवारका ५५५ र ७ गते १३५ परिवारका ६३१ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक सन्तोष उप्रेतीले बताए । शुरुमा उनी एक्लैले थालेको त्यस कार्यक्रममा दीपक मित्तल , हनुमान अग्रवाल, राहुल अग्रवाल , रितेश अग्रवाल , नवीन अग्रवाल , एकका लागि एक अभियानलगायतले सहयोग गरेको जनाइएको छ ।त्यस्तै ९ दिनमा नयाँ समावेशी टोलमा १ हजार २५२ परिवारका ६ हजार १३१ जनाले खाना खाएको कार्यक्रम संयोजक अफरोज खानले जनाएका छन् । उनका अनुसार पहिलो दिन बैशाख २९ गते ९६ परिवारका ४२६, ३० गते ११२ परिवारका ५५६, ३१ गते १२१ परिवारका ६०७, जेठ १ गते १३९ परिवारका ७०७, २ गते १४७ परिवारका ७४५, ३ गते १५३ परिवारका ७६५, ४ गते १५६ परिवारका ७५०, ५ गते १६३ परिवारका ७८५ र अन्तिम दिन आज १६५ परिवारका ७९० जनाले खाना खाएका छन् । कार्यक्रम संयोजक खानले खानाका लागि ज्ञानुराम प्रसाई, एकका लागि एक अभियान, सजेश शिवाकोटी लगायत २३ जना दाताले नगद तथा खाद्यान्न सहयोग गरेको बताउँदै सहयोगका लागि समावेशी टोल विकास संस्थालाई पनि धन्यवाद दिए ।

त्यसैगरी सोही दिनदेखि बिर्ताबजारमा संचालित कार्यक्रममा १ हजार ८३ परिवारका ५ हजार ८४० जनाले खाना खाएका छन् । बैशाख २९ गते ५० परिवारका २६०, ३० गते ७५ परिवारका ४००, ३१ गते १०७ परिवारका ५६०, जेठ १ गते १४१ परिवारका ७२५, २ गते १३३ परिवारका ७१०, ३ गते १५० परिवारका ७७५, ४ गते १४० परिवारका ७९६, ५ गते १३९ परिवारका ८०७ र ६ गते १४८ परिवारका ८०७ जनाले खाना खाएको आयोजक समितिका बासुदेव माझीले बताए । उनले ९ दिनसम्म संचालन गरिएको त्यस कार्यक्रममा प्रत्येक दिन फरक फरक दाताले सहयोग गरेको जानकारी दिए । बैशाख २९ गते अन्जु खड्का, ३० गते मीरा खड्का, ३१ गते दीपक मास्के, जेठ १ गते खगेन्द्र र प्रेम उप्रेती, २ गते छत्रबहादुर र शान्ता बुढाथोकी, ३ गते सम्फी दास , ४ गते चिरञ्जिवी र सुदर्शन देव , ५ गते कमला अग्रवाल, ललित शाह र ब्रजेश मेहता तथा अन्तिम दिन अष्ट्रेलियामा रहेका बिर्तामोडका दीपक खनाल, रुपराज मैनाली, अशोक उप्रेती, प्रमोद प्रसाई, राजन शिवाकोटी र राजकुमार खड्काले प्रायोजन गरेका थिए ।बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको उपस्थितिमा समिति गठन गरेर सामुहिक खाना खुवाउने प्रबन्ध मिलाइएको आयोजक समितिका पदम प्रसाईले बताए ।
भोकमरीमा पर्न लागेका ७ हजार ६८५ जनालाई बिर्तामोड— ३ का व्यवसायी रामेश्वर मण्डलले मेची आँखा अस्पताल अगाडि खाना खुवाएका थिए । सामुहिक भोजनको व्यवस्था गरी उनले २ हजार ९१५ परिवारलाई भोकै बस्नबाट जोगाएका हुन् । बिर्तामोड ३ सैनिकमोडको मेची आँखा अस्पताल अगाडि होटल व्यवसाय गर्ने मण्डलले गत बैशाख २१ गतेदेखि जेठ ५ गतेसम्म १६ दिन सामुहिक खाना खुवाउने कार्यक्रम संचालन गरेका थिए । उनले पहिलो दिन बैशाख २१ गते १८० , २२ गते ३६०, २३ गते ४१०, २४ गते ४६०, २५ गते ३९०, २६ गते ४२५, २७ गते ४६०, २८ गते ४५०, २९ गते ५१०, ३० गते ५२०, ३१ गते ४८०,जेठ १ गते ५००, २ गते ६१०, ३ गते ५८०, ४ गते ६०५ र अन्तिम दिन जेठ ५ गते ७४५ जनालाई खाना खुवाएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्