झापा ,जेठ ८ । झापाको भद्रपुरस्थित मेची क्याम्पस क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गरिएको छ ।

बुधबार सो क्वारेन्टाइनमा रहेका पाँच महिलासहित ९७ जनाको कोरोना परीक्षण गरिएको हो । त्यहाँ रहेका ७८ जनाको आरडिटी र १९ जनाको पिसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए । आरडिटी पोजेटिभ देखिएकासहित अन्य १९ जनाको पिसीआर परीक्षणका लागि बिराटनगर पठाइएको छ ।

त्यसैगरी हिजो नै झापाका २५ जना पत्रकारको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पत्रकार महासंघ झापाको समन्वय र सामाजिक विकास मन्त्रालयको अगुवाइमा स्वाब संकलन गरिएको महासंघका सचिव सन्तोष आचार्यले बताए । प्रदेश — १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा स्वाब संकलन गरिएको हो । उनीहरुको रिपोर्ट आज आउने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्