दमक, जेठ ९ । दमकका बैक तथा वित्तीय संस्थाहरुका लागि दैनिक कार्य सञ्चालन गर्न नयाँ नियम तोकिएको छ ।

नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउन भन्दै दमकमा रहेका बैक तथा वित्तीय संस्थाहरुको सेवा प्रणालीलाई कार्यतालिका बनाएर सञ्चालन गर्ने नियम बनाएको हो ।
आज नगरपालिकाले सूचना निकालेर दिन विराएर बैक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ । बैकिङ क्षेत्रमा संभावित जोखिम हुन नदिन श्रेणी अनुसार दैनिक सञ्चालनका लागि नियम बनाईएको प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । जसअनुसार ‘क’ वर्गका वैक साताको आइतबार,मंगलवार र विहीवार खुल्ने छन् भने ‘ख’ वर्गका बैक साताको सोमबार,बुधबार र शुक्रवार विहान १० वजेदेखि १ वजेसम्म खुल्ने जनाईएको छ ।

यसैगरी ‘ख’ वर्गका फाइनान्स लगायतका वित्तीय संस्थाले भने साताको सोमबार र विहीबार र सहकारी संस्थाहरुले भने साताको सोमबार,विहीबार र शनिवार तीन दिन मात्र खुल्न पाउने छन् ।
बैक तथा वित्तीय क्षेत्रमा मानिसको जमघट बढेसंगै जोखिम बढ्ने सक्ने भएकाले पूर्वसावधानी स्वरुप सुरक्षाका विधिहरु अपनाएर सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको नगर प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्