बिर्तामोड , जेठ १२ । गएराति हावाहुरी र पानीसँगै परेको चट्याङले बिर्तामोड —४ का एक व्यक्तिको सामान्य क्षति भएको छ ।

यातायात व्यवस्था कार्यालयपूर्व इश्वर खतिवडाको घर नजिक परेको चट्याङले उनको परालको चाङ जलेको छ । चट्याङको तरङ्गले पराल जलेपनि घरमा क्षति नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए । “ प्रहरी र बिर्तामोडको दमकल समयमा नै पुगेकाले ठुलो क्षति हुन पाएन” उनले भने,“ प्रहरी, दमकल र स्थानीयको सहयोगमा तत्कालै आगो नियन्त्रणमा लिन सकियो ।” आगलागीबाट १० हजार जतिको क्षति भएको उनले जानकारी दिए । आगो राति पौने १२ बजेतिर लागेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्