बिर्तामोड ,जेठ १२ । ढाडको नशा च्यापिएर बिएण्डसी अस्पतालमा भर्ना भएका बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको स्पाइनल सर्जरी गरिएको छ ।

घाटीमा समस्या भएपछि उनी हिजो अस्पताल भर्ना भएका थिए ।
‘बिहान ११ बजेदेखि सर्जरी शुरु गरिएको थियो’ बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने, ‘ उहाँको सर्जरी सम्पन्न हुन लागिसक्यो ।’ गिरीले नगर प्रमुख शिवाकोटीको सर्जरी सफलरुपमा गरिएको समेत जानकारी दिए । नगरप्रमुख शिवाकोटीको शल्यक्रियामा डा.निराजन पराजुली, डा. पंकज नेपाल, डा. दिनेश थापा, डा. राजेश श्रेष्ठ र डा. लक्ष्मण ठाकुरसहित १० जना चिकित्सकको समूह रहेको गिरीले जानकारी दिए । नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्थाका बारेमा साँझपख प्रेस नोट जारी गरी जानकारी गराइने जनसम्पर्क अधिकृत गिरीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्