झापा, जेठ १४ । झापामा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा १५ जना कचनकवल गाउँपालिकाका र दुई जना गौरादह नगरपालिकाका भएको जनाइएको छ । गौरादहका दुई पुरुष तीन दिनअघि भारतबाट आएका थिए । गौरादहका कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई उपचारका लागि पठाउने तयारी भइरहेको जनाइएको नगर प्रमुख रोहित साहले बताए । संक्रमितमध्ये एकजना गौरादह —९ बैगुनधुराका हुन् । क्वारेन्टाइनमा रहेका २० जनाकाे थ्राेट स्वाब परिक्षण गर्दा उनीहरूमध्ये २ जनामा पाेजिटिभ रिपोर्ट आएकाे गाैरादह नगरपालिकाका प्रशासकिय अधिकृत खेम ओझाले जानकारी गराएका छन् । अन्यहरू १८ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे अधिकृत ओझाले जानकारी गराएका छन् ।त्यस्तै जानकी आधारभूत विद्यालय पाठामारी क्वारेन्टाइनमा बसेका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस क्वारेन्टाइनका ५६ जनाको स्वाब टेष्टका लागि पठाइएको थियो । उनीहरु १९ देखि ५७ वर्षसम्मका पुरुषहरु रहेका छन् । प्रदेश १ को मुख्यमन्त्री कार्यालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए ।यो सँगैै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । आज एकैदिन सय भन्दा बढी ११४ लाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न स्थानमा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्