बिर्तामोड, जेठ १४ । बिर्तामोड नगरपालिकाले सिल हटाउने भएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा राहत ब्यबस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी सिल हटाउने भएको हो ।

लकडाउनमा भीडभाड बढेपछि बिर्तामोड नगरपालिकाले जेठ १० गतेदेखि नगरपालिका क्षेत्र सिल गरेको थियो । लकडाउनको पालना नगरी सहरमा भीडभाड बढेको भन्दै सिल रहेको बिर्तामोड क्षेत्रमा भोलिदेखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ ।
जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बैठकको निर्णयाअनुसार खाद्यान्न र निर्माणजन्य तथा अत्यावश्यक सामग्रीका पसलहरु जोर बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ । यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समयतालिका पालना गरिनेछ । सामान लोड अनलोड बेलुकामात्र गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्