दमक, जेठ १४ । साताको शुक्रवार लाग्दै आएको झापाको कमल गाउँपालिका ६ र ७ मा पर्ने गेउरिया वजारको स्तरोन्नतिको काम शुरु भएको छ ।

१ नम्बर प्रदेश सरकारको १५ लाख रुपैयाँको विनियोजित वजेट तथा स्थानीय उपभोक्ताहरुको लगानीमा वजार पूर्वाधार निर्माणको काम थालिएको गठित निर्माण उपभोक्ता समितिका सचिव युवराज अधिकारीले जानकारी दिए । उपभोक्ता समितिमार्फत् निर्माण शुरु गरिएको वजारको संरचना निर्माणका काम असारभित्रमा सम्पन्न गरिने उनले जनाएका छन् ।
सो बजेटबाट बजारस्थलका दुवैतिर नाला,वजार लाग्ने स्थलमा टाली विछ्याउनेलगायतका वजार विस्तारका पूर्वाधार सम्पन्न हुने सचिव अधिकारीले बताए ।
उनका अनुसार बजार स्तरोन्नति गर्न सरकारी बजेटसहित उपभोक्ताको ३ लाख ६० हजार लगानी रहेको छ । उपभोक्तामध्ये ५० हजार बजार समितिको लगानी रहने जनाईएको छ । बजार स्तरोन्नतिको काम सम्पन्न गर्न स्थानीय खगेन्द्र भण्डारीको अध्यक्षतमा नौ सदस्यीय एक निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
करीव ४ कठ्ठा जमिनमा अवस्थित सो शुक्रवारे बजारको स्तरोन्नतिको काम सम्पन्न भएपछि व्यावसायिक चहलपहल वढ्ने कमल— ७ का वडाध्यक्ष पृथ्वीपति राईले बताए ।
ग्रामीण हाटवजारका रुपमा सो पुराना वजारमा दैनिक उपभोग्यसहित स्थानीय कृषि उपजका समानहरु किनबेच हुँदै आएको वजार समितिका अध्यक्ष नारायण प्रसाद निरौलाले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्