बिर्तामोड , जेठ १४ । शल्यक्रियाको तेस्रो दिन बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अबस्था सामान्य बन्दै गएको छ ।

ह्वील चियरको सहायतामा शिवाकोटी लाई सामान्य हिडडुल गराउन थालिएको बिएण्डसि हस्पिटलले जनाएको छ । हस्पिटलका मेडिकल डाइरेक्टर निराजनप्रसाद पराजुलीले आज साँझ एक प्रेस नोट जारी गरी सो जानकारी दिएका हुन् । उनले बिभिन्न चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा नगर प्रमुखको उपचार भइरहेको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्