बैगुनधुरा, जेठ १५ । झापाको बैगुनधुरामा सामुदायिक भवन निर्माण हुने भएको छ ।

गौरादह नगरपालिका —९ बैगुनधुरामा बन्ने सामुदायिक भवनको निर्माण प्रारम्भ भएको हो । प्रदेश निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तरगत सामुदायिक भवनको निर्माण प्रारम्भ भएको गौरादह — का वडासदस्य कृष्ण गौतमले जानकारी दिए । सुविधासम्पन्न हुने उक्त भवनको पहिलो चरणमा २० लाखको काम हुनेछ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद झलकसिंह दर्लामी मगर, गौरादह नगरपालिकाका प्रमुख रोहित साह, उपप्रमुख गीता भेटवाल, बैगुनधुरा —९ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले बोलेका थिए ।सामुदायिक भवन निर्माणमा नगरपालिकाका तर्फबाट पनि सक्दो सहयोग गर्ने नगर प्रमुख साहले प्रतिबद्धता व्यक्त गरे ।लकडाउनको अवस्था भए पनि उपलब्ध स्रोत साधनको उपयोग गर्दै निर्माण प्रारम्भ गरिएको सदस्य गौतमले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्