झापा, जेठ १५ । थप ७६ जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । प्रदेश नं २ का ६ वटा जिल्ला धनुषामा २९,महोत्तरीमा १७,सप्तरीमा १४,सर्लाहीमा ७ ,सिराहामा ६ र रौतहटमा ३ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

धनुषाका १९, २७, ५०, ४०, २०, १९, २२, १८, ४०, २०, ४८,१८, ५७, ४२, १७, ८, ४३, ५२, २२, २१, ३१, ३३, ७०, २५, २८ का पुरुष र २२, १४, ४ र २८ बर्षका महिला गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै महोत्तरीमा ४५, १५, २१, २०, २२, १९, २०, ३२, २१, १८, २१, २६, २१,१९,३७ र उमेर नखुलेको एक जना पुरुष तथा ४५ बर्षको महिला संक्रमण देखिएको छ । सर्लाहीमा १८,३०,२६, २०, ३१, २१ र १७ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।यस्तै रौतहटमा १२, २४ र ३० बर्षको पुरुष, सप्तरीमा थप ३६, ४२, २१, ३०, ३३,२९, १८, ३७, ३०, १९,२७, ३७ बर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै सिराहामा १८, २५, १८, ४० , २५ र एक जना उमेर नखुलेको गरी थप ६ जनामा संक्रमण देखिएको छ । यसअघि आजै बिहान स्याङजामा ३ जनालाई कोरोना पुष्टि भएको थियो । यो संगै नेपालमा कुल संक्रमितको संख्या ९८१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्