झापा, जेठ १५ ।आज एकैदिन झापाका २५ सहित १५६ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशभर गरि १५६ जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
योसंगै कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ९४० जना पुरुष र १०२ जना महिला छन् । अहिलेसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा झापाका २५ जना, धनुषाका २९ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३र३ जना, दोलखा र कैलाली २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक र एकजना रहेका छन् । हालसम्म १८७ जना निको भएका छन् । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्