कचनकवल, जेठ १७ । कचनकवलमा एघार दिन अघिदेखि कायम रहेको सिल आजबाट केही खकुलो हुने भएको छ ।

त्यहाँका क्वारेन्टाइन बसेकामध्ये एक सय जनामा कोरोना संक्रमण पुष्टि भएपनि कचनकवमा सिल खकुलो बनाइने भएको हो । गाउँपालिकाले आइतबारदेखि सिल खुकुलो बनाउने निर्णय गरेको छ । गाउँपालिकामा बसेको विपद् व्यवस्थापन समितिले सिल खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले हप्ताको तीन दिन अतिआवश्यक पसल खोल्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । उनका अनुसार आइतबार, मंगलवार र बिहीबार बिहान ७ बजेदेखि ११बजेसम्म खाद्यान्न, हार्डवेयर, स्टेशनरी, ग्यारेज र बैङ्क तथा वित्तीय संस्था खुल्ने छन् ।
गाउँपालिकामा पहिलो संक्रमित भेटिएपछि जेठ ७ गतेदेखि पहिलो र त्यसको पाँच दिनपछि १६ गतेसम्मका लागि दोस्रोपल्ट त्यहाँ सिल गरिएको थियो । गाउँपालिकाका क्वारेन्टाइनमा बसेकालाई मात्र कोरोना भेटिएकोले गाउँबासीको दैनिकी सहज बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ । यद्यपि सिल अवधिमा पनि त्यहाँ मोटरसाइकल कुदाउने र मानिस ओहोरदोहोर गर्ने क्रम भने रोकिएको थिएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्