झापा ,जेठ १७ । रातभर गेट बाहिर राखिएका झापाका कोरोना संक्रमित २७ जनाको उपचार सुरु भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीबेरअघि त्यहाँ पुगेर उनीहरूलाई अस्पतालमा भर्ना गराएका छन् ।
मन्त्री घिमिरे बिहान ९ बजे अघि नै धरान पुगेका थिए ।त्यसको केहीबेरपछि संक्रमितहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो । झापाका २७ जना संक्रमितलाई शुक्रबार राति ११ बजे धरान पुर्याइएको थियो । अस्पतालले उनीहरुलाई भर्ना नलिँदा उनीहरू रातभर अस्पतालबाहिर बस्न बाध्य भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्