झापा, जेठ १७ । प्रदेश नम्वर २ को बारा,पर्सा र सप्तरीमा गरी थप १२ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ ।

आज विहानको अद्यावद्यिक अनुसार नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारामा १, पर्सामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ भने वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनालाई कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २३८ पुगेको छ । हिजो एकैदिन १८४ जनालाई कोरोना पुष्टि भएको थियो । नेपालमा हालसम्म ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ । त्यहाँका आठै जिल्लामा गरी ५०२ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश नम्वर १ को ८ जिल्लामा १५७, बागमती प्रदेशका १२ जिल्लामा ४४, गण्डकी प्रदेशको ५ जिल्लामा २०, प्रदेश नम्वर ५ को ९ जिल्लामा ४३३, कर्णाली प्रदेशको ३ जिल्लामा ६१ र सुदुरपश्चिमका ५ जिल्लामा २१ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । हालसम्म २०६ जना निको भएका छन् भने ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्