झापा , जेठ १८ । कर्णाली प्रदेशमा एकैदिन ५९ जनामा कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । थप ३ वटा नयाँ जिल्ला कालिकोट,सल्यान र बाजुरासहित दैलेख र सुर्खेतमा गरी एकैदिन ५९ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको शनिबार बेलुकी ९ः४५ बजेको अद्यावधिक अनुसार प्रदेश अस्पताल सर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बनगाड कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष र बहरातालका ४ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका २० देखि ५० वर्ष उमेरसम्मका १७ जना पुरुष,बाजुरामा ४० वर्षका एकजना पुरुष र दैलेख दुल्लुका ३५ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।
यस्तै दैलेखकै नारायण नगरपालिकाका २० देखि ५० वर्ष उमेरसम्मका १४ जना पुरुषलाई कोराना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा मात्रै कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । नेपालमा संक्रमितको संख्या १ हजार ४४६ पुगेको छ । हालसम्म ७ जनाको मृत्यु भएको छ भने २१९ निको भएर घर गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्